१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

चेल्सी, सिटी र लिभरपुलको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन् । राति भएको १४ औँ चरणको खेलसँगै तीनै टोलीले उपाधि सम्भावना कायमै राखेका छन् ।

जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले चेल्सीलाई पछ्याइरहेका छन् । भ्रमणकारी टोली चेल्सीले बाटफोर्डलाई २-१ अन्तरले पराजित गर्‍यो । चेल्सीको दशौं जितमा मासोन माउन्टले २९ मिनेट र हाकिम जिएचले ७२ मिनेटमा गोल गरे । बाटफोर्डको लागि इमानुयल डेनिसले ४३ औँ मिनेटमा सान्त्वना गोल गरे ।

अर्को खेलमा घरेलु टोली एष्टन भिल्लालाई म्यानचेष्टर सिटीले २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो । सिटीको जितमा रुवेन डियासले खेलको २७ औँ र बर्नाण्डो सिल्भाले ४३ औँ मिनेटमा गोल गरे । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको भिल्लाको लागि ओलीइ वाट्किन्सले ४७ मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

लिभरपुलले घरेलु टोली एभर्टनलाई २-१ ले पराजित गर्‍यो । लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा जोर्डन हेण्डर्सन र डिअगो जोटाले १-१ गोल गरे । एभर्टनको लागि डेमराई ग्रेले सान्त्वना गोल गरे ।

अन्य खेलमा साउथह्याम्पटन र लेष्टर सिटीले २-२ को बराबरी खेल्दा वेष्ट ह्याम युनाईटेड र ब्राईटनले १-१ गोलको बराबरी खेले भने उल्भ्सले बर्नलीसँग गोलरहित बराबरी खेल्यो ।

खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ । ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ । वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : २१ बजे

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा