१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सदस्य–सचिव घिसिङले राखे विभागीय प्रमुखको बैठक



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् । सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो ।

बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाका बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा प्रशासनिक र प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयमा सदस्य–सचिव घिसिङलाई जानकारी गराइएको थियो ।

बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले परिषद्मा रहेको विभिन्न प्रकार समस्यालाई हल गर्दै अगाडि बढ्ने बताउदै खेलकुद क्षेत्रलाई अझ गतिशिल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले क्रमैसंग बाँकी शाखा र विभागका प्रमुखसंग पनि छलफल गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : २५ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु