११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ओमिक्रोन देखिएसँगै दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे



एजेन्सी । दक्षिण अफ्रिकामा कोभिड संक्रमण तीव्र बढेको छ । नयाँ भेरियन्ट देखिएसँगै कोभिडका बिरामी बढेका हुन् ।

पछिल्लो त्यहाँ कोभिड विरामीको संख्या दोब्बरले बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्रोनका कारण कोभिड बिरामी बढेको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

निकै घातक मानिएको यो भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएको थियो । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा यो भाइरस देखिएको छ । अमेरिका र नाइजेरियमा दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । अहिले प्रयोगमा अ‌ाइरहेका खोप ओमिक्रोनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएको गुनासो गर्दै अ‌ाएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : ४४ बजे

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी हुँदै

काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको

देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा सभामुखको जोड

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त

ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

काठमाडौं। ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी