१६ बैशाख २०८१, आइतबार | April 29, 2024

चुरे दोहन रोक्न राष्ट्रपति भण्डारीको आग्रह



कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले बिकासको नाममा चुरे दोहन रोक्नुपर्ने बताएकी छन् ।

कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने बताइन् ।

प्रकृतिको संरक्षण गर्दै विकासको काम गर्न उनको अनुरोध छ । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोम नेपाल छिर्न सक्ने भएकोले सर्तकता अपनाउन पर्नेमा जोड दिइन् । नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएको हुँदा सबै नेपाली नागरिकले स्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिइन् ।

कपिलवस्तुको बाणगंगा–२ नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन उनी कपिलवस्तु आएकी हुन् ।
१२७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका दुईवटा प्रवेशद्वार, अष्टचिरञ्जीवी मूर्ति र विश्रामलयको अनावरण गरेकी राष्ट्रपति भण्डारीले आश्रम परिषरमा रहेको दुर्गा मन्दिरको पूजाअर्चनासमेत गरिन् ।

राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरूकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्न राज्यको तर्फबाट काम भएको दाबी गरिन् ।हाम्रो संस्कति नै हाम्रो पहिचान भएको हुँदा यसको विकास गर्न राज्यले जोड दिएको उनको भनाइ छ ।

‘हामीलाई प्राप्त प्रकृतिको अपार स्रोतले राम्रो साथ दिएको छ । राज्यको तर्फदेखि संस्कृति र प्रकृतिलाई संरक्षण गर्ने कार्य भएको छ’, उनले भनिन्, ‘हाम्रो पहिलो धर्म जनताको स्वस्थ्य जीवन हो । प्रकृतिको आन्नद लिन स्वस्थ्य हुनुपर्छ । यसका लागि प्रकृतिको संरक्षण गर्नुपर्छ ।’

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीसमेत उपस्थित भएका थिए । महायज्ञ २२ मंसिरसम्म चल्ने महायज्ञ मूल व्यवस्थापन समितिका संयोजक बालाराम ज्ञवालीले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : ३८ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क