२१ माघ २०८२, बुधबार | February 4, 2026

बर्दियामा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ



बर्दिया । बर्दियामा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने एक भारतीय रहेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका २ सितापुर बस्ने २२ वर्षीय प्रदिप सुनार र सोही गाउँपालिका वडा नं ७ बस्ने २१ बर्षीय विशाल सिंह ठकुरी रहेका छन् । उनीहरु बढैयाताल गाउँपालिका वडा नं ७ कर्णालीपुरस्थित फुटाहा कण्ठपुर सडकमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा चेक जाँच गर्दा ९ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

त्यसैगरी भारतको बहराईच जिल्ला मिहिपुरुवा सुजौली थाना फकिरपुर बस्ने २२ बर्षीय रोहित कुमार गुप्तालाई १८ ग्राम सात सय ६० मिलि ग्राम लागु औषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरी र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गुप्त लागुऔषध कारोबारी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पक्राउ परेका तिनै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाईएको प्रहरी नायव उपरीक्षक शाहीले जनाए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : ५२ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता