२३ चैत्र २०८२, सोमबार | April 6, 2026

गण्डकी कांग्रेसको नेतृत्वका लागि जोशी भर्सेज शर्मा



पोखरा । नेपाली कांग्रेस गण्डकीमा संस्थापन र संस्थापन इतरको उम्मेदवार तयार भएका छन् । संस्थापन पक्षले यसअघि नै पर्वतका अर्जुन जोशीलाई टिकट दिएको छ भने निकै रस्साकस्सीपछि संस्थापन इतरबाट कास्कीका शुक्रराज शर्मा सभापतिको उम्मेदवार बन्ने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा। सशांक कोइरालासहितको उपस्थितिमा निरन्तर वार्ता र छलफलपछि शर्माको नाम टुंग्याइएको हो । सभापति पदको उम्मेदवार बाहीबार साँझ एक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ ।

लेकसाईडस्थित होटल स्नो ल्याण्डमा सबै उम्मेदवारले आफ्ना धारणा राखेपछि शर्मालाई टिकट दिने निर्णय गरिएको हो । सभापति टुंग्याए पनि अन्य पदाधिकारी र सदस्यको टुंगो लागेको छैन ।

संस्थापन पक्षबाट भने उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का, सहमहामन्त्रीमा झुलबहादुर आले, राजनराज पन्त र ओमकला गौतमको नाम टुंगो लागेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : २५ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक