४ पुस २०८२, शुक्रबार | December 20, 2025

विद्यालयको सामान चोरी गर्ने ३ जना पक्राउ



महेन्द्रनगर । कञ्चनपुर प्रहरीले फौजदारी अभियागको सजाँय काटिसकेका २ जना सहित ३ जनालाई चोरी गरेको लाखौंको समान सहित पक्राउ गरेको छ । जिल्लाको एक विद्यालयबाट कम्प्युटर कक्षाका लाखौंको सामन चोरी गर्ने ३ जनालाई चोरी भएका सामन सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले भिमदत्त नगरपालिका १३ बडैपुर स्थित शिद्धनाथ माबीबाट चोरी भएका सामाग्री सहित भिमदत्त १३ कै २० वर्षिय मोहित ठगुन्ना, २० वर्षिय महेन्द्र विक र सुभम विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगबाट ल्यापटप थान १, प्रोजेक्टर थान १, मनिटर थान १, सीपीयू थान १, किबोट थान २, सीसी क्यामेराको डिभाइज लगायतका विभिन्न सर(समान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत कार्तिक १४ गते सो विद्यालयको कम्प्युटर कक्ष र प्रधानाध्यापक कक्षको ताला तोडेर ती सामाग्रीहरु चोरी भएको थियो ।

पक्राउ परेका मध्य मोहित ठगुन्ना र महेन्द्र बिक यस अघि नै फौजदारी अभियोगमा सजाय पाईसकेका ब्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको