१७ असार २०८३, बुधबार | July 1, 2026

बदमासी गरेपछि जागिरबाट निकालिए, उनैले चोरे साढे ७ लाख



पोखरा । पोखरा १४ मा रहेको वीपीमार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले सोही कम्पनीमा लुट्ने योजना बनाए ।

लेखापाल काम गरेका उनलाई पैसा कहाँ राखिन्छ र कत्तिको सुरक्षित छ भन्ने हेक्का थियो । विकले ग्रिल र झ्याल फुटाएर काउण्टरमा भएको पैसा चोरे । सन्चालक सन्तबहादुर लामिछानेका अनुसार ७ लाख २५ हजार ३ सय ५० र ९ हजार भारतीय रुपैयाँ थियो । तर विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ मात्रै बरामद भएको प्रहरीले जनाएको छ ।

थप २ लाख रुपैयाँ पनि घरमा लुकाएको स्विकार गरेको प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । औद्योगिक क्षेत्रबाट सादा पोशाकमा खटिएको प्रहरीले विकलाई शंकास्पद अवस्थामै पक्राउ गरेको हो । तत्कालै खानतलासी गर्दा उनको साथबाट नगद भेटिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ०१ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)