१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कांग्रेस १४ औं महाधिवेशन : ६ प्रदेशमा नेतृत्वका लागि आज मतदान हुँदै, प्रदेश-२ मा महाधिवेशपछि



काठमाडौं । नेपाली कांग्रेसले आज प्रदेश-२ बाहेक ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दैछ ।

शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइसकेकाले आज मतदान गर्ने कार्यतालिका छ । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रादेशिक संरचनाको कार्यसमिति बनाउन लागेको हो ।

प्रदेश-१ मा संस्थापन पक्ष र सिटौला पक्षको संयुक्त उम्मेदवार र पौडेल समूहबीच प्रतिस्पर्धा हुँदैछ । संस्थापन र सिटौला पक्षबाट उद्धव थापा सभापतिका उम्मेदवार छन् भने उनलाई पौडेल पक्षका सभापतिका उम्मेदवार गुरूराज घिमिरेले चुनौती दिएका छन् ।

यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुँदैछ । बाग्मती प्रदेशमा संस्थापनबाट सभापतिमा इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशमा संस्थापनबाट सभापतिमा अर्जुन जोशीले उम्मेदवारी दिएका छन् भने उनलाई इतर पक्षबाट शुक्रराज शर्माले चुनौती दिएका छन् ।

त्यस्तै लुम्बिनीमा प्रदेशमा संस्थापनबाट सभापतिमा भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिएका छन् ।

कर्णाली प्रदेशमा संस्थापनबाट सभापतिमा ललितजंग शाहीले उम्मेदवारी दिएका छन् इतर पक्षबाट भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिएका छन् । यहाँ विमलेन्द्र निधी पक्षधरबाट मोतिराज बमले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बनेका छन् भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो ।

प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ । कोषाध्यक्ष भने मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

प्रदेश-२ महाधिवेशनपछि मात्रै

प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ । प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन् । कांग्रेस महाधिवेशन काठमाडौँमा मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ०८ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१