१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक अक्सिजन प्लान्ट सञ्चालनमा



बुटवल । कोरोना माहामारीलाई लक्षित गरि लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । प्रादेशिक अस्पताल परिषरमा स्थापना भएको अक्सिजन प्लान्टको आज(शनिबार) एक कार्यक्रमका बीच विश्व बैंकका नेपाल निर्देशक फेरिड हेडेड जेरभासले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै बैंकका निर्देशक फेरिडले समयसिमा भित्रै प्लान्ट सञ्चालनमा आउन सकेकोमा खुसी व्यक्त गरे । उनले कोरोना माहामारीको जोखिममा परेका बिरामीहरुलाई प्लान्टले राहत पुग्ने विश्वास व्यक्त गर्दै सकेसम्म अक्सिजन प्रयोग गर्नु पर्ने अवस्था आउन नहुनेमा जोड दिए ।

कार्यक्रममा दातृ निकायलाई धन्यवाद ज्ञापन गर्दै लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराईले कोभिड १९ को महामारी नियन्त्रणका लागि अक्सिजन प्लान्टले ठुलो राहत पुग्ने बताउँदै प्रविधि र फोहर व्यवस्थापन अस्पतालका लागि अझै आवश्यक रहेको बताए ।

अस्पताल प्रमुख डा. ईन्द्र ढकालले सहभागीहरुलाई स्वागत गर्दै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

कयृक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयगुणस्तर मापन महाशाखाका प्रमुख मदन उपाध्याय, UNOPS का नेपालका प्रबन्धक कमल कार्की, विश्व बैंक, एसियाली विकास बैंक, स्विस राजदूतावास, आईएलओ लगायतका दातृ निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कोरोना महामारीमा अक्सिजनको रचम अभावका कारण संक्रमितहरुको धमाधम ज्यान जान थालेपछि विश्य बैंकको सहुलियत ऋण सहयोगमा यूएनओपीएसको निगरानीमा लुम्बिनी प्रादेशिक अस्पताल सहित ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । विश्व बैंककै सहयोगमा एक हजार थान अक्सिजन कन्सल्टेलर तथा ७ वटा अस्पतालहरुलाई जेनरेटर उपलब्ध गराईएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासीनीले बताए । प्रत्यक अस्पतालहरुमा २ करोड ५० लाख बढीको लगानीमा प्लान्ट स्थापना भएको उनले बताए ।

प्लान्टबाट प्रतिदिन १४२ सिलिण्डर अक्सिजन उत्पादन क्षमता रहेको अस्पताल प्रमुख डा. ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  २ : १८ बजे

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो