१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक अक्सिजन प्लान्ट सञ्चालनमा



बुटवल । कोरोना माहामारीलाई लक्षित गरि लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । प्रादेशिक अस्पताल परिषरमा स्थापना भएको अक्सिजन प्लान्टको आज(शनिबार) एक कार्यक्रमका बीच विश्व बैंकका नेपाल निर्देशक फेरिड हेडेड जेरभासले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै बैंकका निर्देशक फेरिडले समयसिमा भित्रै प्लान्ट सञ्चालनमा आउन सकेकोमा खुसी व्यक्त गरे । उनले कोरोना माहामारीको जोखिममा परेका बिरामीहरुलाई प्लान्टले राहत पुग्ने विश्वास व्यक्त गर्दै सकेसम्म अक्सिजन प्रयोग गर्नु पर्ने अवस्था आउन नहुनेमा जोड दिए ।

कार्यक्रममा दातृ निकायलाई धन्यवाद ज्ञापन गर्दै लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराईले कोभिड १९ को महामारी नियन्त्रणका लागि अक्सिजन प्लान्टले ठुलो राहत पुग्ने बताउँदै प्रविधि र फोहर व्यवस्थापन अस्पतालका लागि अझै आवश्यक रहेको बताए ।

अस्पताल प्रमुख डा. ईन्द्र ढकालले सहभागीहरुलाई स्वागत गर्दै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

कयृक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयगुणस्तर मापन महाशाखाका प्रमुख मदन उपाध्याय, UNOPS का नेपालका प्रबन्धक कमल कार्की, विश्व बैंक, एसियाली विकास बैंक, स्विस राजदूतावास, आईएलओ लगायतका दातृ निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कोरोना महामारीमा अक्सिजनको रचम अभावका कारण संक्रमितहरुको धमाधम ज्यान जान थालेपछि विश्य बैंकको सहुलियत ऋण सहयोगमा यूएनओपीएसको निगरानीमा लुम्बिनी प्रादेशिक अस्पताल सहित ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । विश्व बैंककै सहयोगमा एक हजार थान अक्सिजन कन्सल्टेलर तथा ७ वटा अस्पतालहरुलाई जेनरेटर उपलब्ध गराईएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासीनीले बताए । प्रत्यक अस्पतालहरुमा २ करोड ५० लाख बढीको लगानीमा प्लान्ट स्थापना भएको उनले बताए ।

प्लान्टबाट प्रतिदिन १४२ सिलिण्डर अक्सिजन उत्पादन क्षमता रहेको अस्पताल प्रमुख डा. ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  २ : १८ बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार