९ भदौ २०८३, मंगलबार | August 26, 2026

काँग्रेस लुम्बिनीमा मतगणना : पौडेल समूहका उम्मेदवारको अग्रता



बुटवल । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ ।

राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुल्लातर्फ २०० र जिल्लातर्फ करिब २५० मत गणना भएको उनले जानकारी दिए ।

सभापति तथा पदाधिकारीको भने गणना भएको छैन । शनिबार बिहान ११ बजेदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो । तर गणना भने ठाउँ सार्दा ढिला भएको हो ।

महेन्द्र सभागृहमा आइतबारलाई ठाउँ नपाइएका कारण गणना गर्ने ठाउँ सार्नुपरेको निर्वाचन समिति संयोजक थापाले बताए । प्रदेश समितिको नेतृत्वका लागि संस्थापन समूहबाट साह र संस्थापन इतरबाट पुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ, राजु खनाल र सुधाकर पाण्डे प्रतिस्पर्धामा छन् । पाठक र श्रेष्ठ रामचन्द्र पौडेल समूहका हुन् भने खनाल र पाण्डे संस्थापन निकट हुन् ।

दुई जना महामन्त्रीका खिमानसिंह रायमाझी, जन्मजय तिमिल्सेना, ताराप्रसाद फुल्लेल, विक्रम खनाल र सुरेन्द्रराज आचार्य प्रतिस्पर्धामा छन् । जसमा खनाल र आचार्य पौडेल पक्षका हुन् भने बाँकी तीनजना संस्थापन समूहका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : २५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त