७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

मणिमुकुन्द कलेजका विद्याथीहरु सामाजिक सेवामा



बुटवल । रुपन्देहीको योगिकुटिमा रहेको मणिमुकुन्द कलेजका विद्यार्थीहरुले वृद्धवृद्धा, विपन्न परिवार, अपांग र बालबालिकालाई बिभिन्न सहयोग गरेका छन ।

मणिमुकुन्द स्टुडण्ड कोअपरेटिभ काउन्सिल र मणिमुकुन्द एपियरी साइन्स सोसाइटिको आयोजनामा खाद्यान्न, लत्तकपडा तथा शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कलेजका विद्यार्थीहरु तथा प्राध्यापकहरुबाट आर्थिक संकलन गरि विद्यार्थीहरुले शिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैँजु वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न र जाडोका लत्ताकपडा प्रदान गरेका छन ।

बृद्धाश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले विद्यार्थीहरुको सामाजिक कामको प्रसंसा गर्दै वृद्धाश्रममा आश्रय लिइरहेका बृद्धबृद्धाहरुलाई स्वस्थ जिवनका लागि शारीरिक रुपमा सक्रिय रहन आग्रह गरे ।

एम.एस.सि.सि र एम.ए. एस.एस का अध्यक्षद्धय शिशिर ज्ञवाली र अनमोल श्रीसको अध्यक्षता, क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता र बिद्यार्थी नग्मा रेग्मीको संचालनमा सम्पन्न कायृक्रममा कलेजका सहायक क्याम्पस प्रमुख दिवाकर खनाल र वृद्धाश्रमका संचालक कृष्ण रेश्मी लगायतले बोलेका थिए ।

विद्याथीहरुले आजै बुटवल तथा तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने २० बिपन्न र अपांग परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन भने २० परिवारका ४० भन्दा बढि बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरेका छन ।

बिभिन्न क्षेत्रबाट संकलित तथ्यांकको आधारमा कलेज पाङ्गढमा अपांग तथा बिपन्न परिवारलाई जम्मा गरि सहयोग सामाग्री वितरण गरिएको कलेजले जनाएको छ । सो कार्यक्रमको संचालन विद्यार्थीद्धय कृतिमा विश्वकर्मा र कृतिका पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : १६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल