९ चैत्र २०८२, सोमबार | March 23, 2026

मणिमुकुन्द कलेजका विद्याथीहरु सामाजिक सेवामा



बुटवल । रुपन्देहीको योगिकुटिमा रहेको मणिमुकुन्द कलेजका विद्यार्थीहरुले वृद्धवृद्धा, विपन्न परिवार, अपांग र बालबालिकालाई बिभिन्न सहयोग गरेका छन ।

मणिमुकुन्द स्टुडण्ड कोअपरेटिभ काउन्सिल र मणिमुकुन्द एपियरी साइन्स सोसाइटिको आयोजनामा खाद्यान्न, लत्तकपडा तथा शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कलेजका विद्यार्थीहरु तथा प्राध्यापकहरुबाट आर्थिक संकलन गरि विद्यार्थीहरुले शिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैँजु वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न र जाडोका लत्ताकपडा प्रदान गरेका छन ।

बृद्धाश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले विद्यार्थीहरुको सामाजिक कामको प्रसंसा गर्दै वृद्धाश्रममा आश्रय लिइरहेका बृद्धबृद्धाहरुलाई स्वस्थ जिवनका लागि शारीरिक रुपमा सक्रिय रहन आग्रह गरे ।

एम.एस.सि.सि र एम.ए. एस.एस का अध्यक्षद्धय शिशिर ज्ञवाली र अनमोल श्रीसको अध्यक्षता, क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता र बिद्यार्थी नग्मा रेग्मीको संचालनमा सम्पन्न कायृक्रममा कलेजका सहायक क्याम्पस प्रमुख दिवाकर खनाल र वृद्धाश्रमका संचालक कृष्ण रेश्मी लगायतले बोलेका थिए ।

विद्याथीहरुले आजै बुटवल तथा तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने २० बिपन्न र अपांग परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन भने २० परिवारका ४० भन्दा बढि बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरेका छन ।

बिभिन्न क्षेत्रबाट संकलित तथ्यांकको आधारमा कलेज पाङ्गढमा अपांग तथा बिपन्न परिवारलाई जम्मा गरि सहयोग सामाग्री वितरण गरिएको कलेजले जनाएको छ । सो कार्यक्रमको संचालन विद्यार्थीद्धय कृतिमा विश्वकर्मा र कृतिका पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : १६ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा