७ आश्विन २०८३, बुधबार | September 23, 2026

निर्माण व्यवसायी नै भन्छन् – एउटा आयोजना पुरा भएपछि मात्रै अर्कोको ठेक्का दिनुपर्छ



इलाम । निर्माण व्यवसायीको व्यावसायिक छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले एउटा कम्पनीले पाएको काम पुरा गरेपछि मात्रै अर्को आयोजना दिनुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी संघ इलामको २०औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका सहभागी महासंघका अध्यक्ष तथा पदाधिकारीले यस्तो धारणा राखेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिङले एउटा आयोजनाको ८० प्रतिशत काम पुरा गरेको व्यवसायीलाई मात्रै अर्को आयोजनाको जिम्मा दिनुपर्ने बताए । अध्यक्ष सिङले विल्व सिस्टमलाई हटाएर क्षमताको आधारमा काम दिइनुपर्नेमा जोड दिए । उनले क्षमताको आधारमा तीन करोड रुपैयाँसम्मको ठेक्का साना व्यवसायीलाई दिनुपर्ने बताए । क्षमताको आधारमा व्यवसायीलाई योजना दिइए गुणस्तर समेत कायम हुने दाबी गरेका छन् ।

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पनि एउटा कम्पनीलाई निश्चित आयोजनाको जिम्मा दिने र त्यो पुरा भएपछि मात्रै अरू योजनाहरू दिनुपर्ने पक्षमा आफू पनि रहेको बताए । ‘कम्पनीको क्षमताको आधार कति योजना दिने हो टुङ्गो गर्नुपर्‍यो, ती योजना पुरा भएपछि मात्रै नयाँ योजना दिइनुपर्छ’, पाण्डेले भने ।

कार्यक्रमका उपाध्यक्ष आङदोजी लामा, महासचिव रोशन दाहाल लगायत पदाधिकारी सहभागी थिए । उनीहरूले समेत निर्माण एक जनाले सयौँ योजनाको जिम्मा लिने र अलपत्र पारेर छाड्ने प्रवृत्तिको अन्त्यको लागि नयाँ नियम आवश्यक रहेको औंल्याए ।

इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि निजी क्षेत्रको महत्त्वपूर्ण योगदान हुने भन्दै पुँजीगत खर्चको माध्यमबाटै राज्यको स्रोत नागरिकसम्म पुग्ने भए पनि त्यो सन्तोषजनक नभएको बताए । ‘पुँजीगत खर्च सन्तोषजनक छैन, खर्च सन्तोषजनक नहुँदा राज्यको स्रोत पनि सबै नागरिकसमक्ष पुगेको छैन’, उनले भने,‘सबै निर्माण व्यवसायीको मात्रै दोष होइन, सार्वजनिक खरिद ऐन र नियमावली नै समयानुकूल बनाउनुपर्छ ।’

निर्माण व्यवसायी संघले आफ्नो अधिवेशनको अवसरमा इलाममा मेडिकल कलेज स्थापनाको लागि जग्गा व्यवस्थापन गर्न तीन लाख रुपैयाँ सहयोग गरेको छ । मेडिकल कलेज स्थापना गर्नको लागि इलाम नगरपालिकाले प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले जग्गा व्यवस्थापनको लागि समिति नै बनाएर प्रक्रिया अघि बढाएको । संघका अध्यक्ष सुभाष चिपालुले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

आइतबार सुरु भएको निर्माण व्यवसायी संघको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुनेछ । व्यवसायी संघको अध्यक्षको लागि चार जना आकांक्षी छन् । वर्तमान अध्यक्ष सुभाष चियालु, पूर्वध्यक्ष राजकुमार भक्तराज, सन्तोष कटुवाल र डिल्ली खनाल अध्यक्षको दौडमा छन् । निर्माण व्यवसायी संघमा २२० व्यवसायी आबद्ध छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई