७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको युवा लक्षित निशुल्क सीपमूलक तालिम प्रभावकारी बन्दै



बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको युवा लक्षित निशुल्क सीपमूलक तालिम प्रभावकारी बनेको छ ।

विभिन्न २० वटा विषयमा निशुल्क सीपमूलक तालिम सञ्चालन गरिएको छ । तालिम लिएर व्यवसाय तथा उद्यम सञ्चालन गर्न चाहनेलाई उपकरण र सामग्री समेत उपलब्ध गराइएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

जागिर खोज्दै आउनेलाई निशुल्क सीपमूलक तालिम दिइएको र त्यसलाई व्यवसायिक बनाएका बुटवलका सफल उद्यमीका दृष्टान्त दिंदै प्रमुख सुवेदीले सीपलाई उपकरणका अभावमा खेर जान नदिइने प्रतिबद्धता जनाए ।

महिला आर्थिक सशक्तीकरण उद्योमशीलता विकास परियोजना अन्तर्गत दुग्ध डेरी तालिमको शुभारम्भमा सहभागी प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, बीटीआइका कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यु पन्थी, उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल, बीटीआइका प्रशिक्षकहरु चन्द्रबहादुर क्षेत्री, मनोज भुषास, सन्तोष प्रधानलगायतले सीपमूलक तालिमलाई व्यवहारिक बनाउन आग्रह गरे । ३९० घण्टे दुग्ध डेरी तालिममा २५ जना महिला सहभागी थिए ।

मेयर युवा इलमका अतिरिक्त महिला उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत मात्रै हालसम्म करीब तीन हजार जनाले स्वरोजगार बन्ने, रोजगारीका काम सुनिश्चित गर्ने र आय आर्जन बढाउने खालका सीप सिकेका छन् ।

केही विषयका तालिमेलाई त तालिम लिंदालिंदै रोजगारदाता कम्पनीले आकर्षक तलव सुबिधा दिएर लगेका छन् । हेवी इक्वीपमेन्ट सञ्चालन तथा मर्मतको तालिम लिएका तीन दर्जन युवालाई त्यससम्बन्धी कम्पनीले तालिम लिंदालिंदै काम दिएका छन् ।

उपमहानगरपालिकाले दिएको निशुल्क तालिम र विषय ज्ञानमा आधारित सीपले जागिरे बनेकाहरुले कार्यक्रमको प्रशंसा गरेका छन् । उपमहानगरपालिकाले विभिन्न २० वटा विषयमा निशुल्क सीपमूलक तालिम सञ्चालन गरेको छ । तालिम लिएर व्यवसाय तथा उद्यम सञ्चालन गर्न चाहनेलाई उपकरण र सामग्री समेत उपलब्ध गराइएको छ ।

मेयर युवा इलम तथा महिला उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत हालसम्म करीब तीन हजार जनाले तीन महिने सीप सिकेका छन् । तीमध्ये ६० प्रतिशत स्वरोजगार र केही विषय ज्ञानमा आधारित जागिरे बनिसकेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई