१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको युवा लक्षित निशुल्क सीपमूलक तालिम प्रभावकारी बन्दै



बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको युवा लक्षित निशुल्क सीपमूलक तालिम प्रभावकारी बनेको छ ।

विभिन्न २० वटा विषयमा निशुल्क सीपमूलक तालिम सञ्चालन गरिएको छ । तालिम लिएर व्यवसाय तथा उद्यम सञ्चालन गर्न चाहनेलाई उपकरण र सामग्री समेत उपलब्ध गराइएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

जागिर खोज्दै आउनेलाई निशुल्क सीपमूलक तालिम दिइएको र त्यसलाई व्यवसायिक बनाएका बुटवलका सफल उद्यमीका दृष्टान्त दिंदै प्रमुख सुवेदीले सीपलाई उपकरणका अभावमा खेर जान नदिइने प्रतिबद्धता जनाए ।

महिला आर्थिक सशक्तीकरण उद्योमशीलता विकास परियोजना अन्तर्गत दुग्ध डेरी तालिमको शुभारम्भमा सहभागी प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, बीटीआइका कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यु पन्थी, उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल, बीटीआइका प्रशिक्षकहरु चन्द्रबहादुर क्षेत्री, मनोज भुषास, सन्तोष प्रधानलगायतले सीपमूलक तालिमलाई व्यवहारिक बनाउन आग्रह गरे । ३९० घण्टे दुग्ध डेरी तालिममा २५ जना महिला सहभागी थिए ।

मेयर युवा इलमका अतिरिक्त महिला उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत मात्रै हालसम्म करीब तीन हजार जनाले स्वरोजगार बन्ने, रोजगारीका काम सुनिश्चित गर्ने र आय आर्जन बढाउने खालका सीप सिकेका छन् ।

केही विषयका तालिमेलाई त तालिम लिंदालिंदै रोजगारदाता कम्पनीले आकर्षक तलव सुबिधा दिएर लगेका छन् । हेवी इक्वीपमेन्ट सञ्चालन तथा मर्मतको तालिम लिएका तीन दर्जन युवालाई त्यससम्बन्धी कम्पनीले तालिम लिंदालिंदै काम दिएका छन् ।

उपमहानगरपालिकाले दिएको निशुल्क तालिम र विषय ज्ञानमा आधारित सीपले जागिरे बनेकाहरुले कार्यक्रमको प्रशंसा गरेका छन् । उपमहानगरपालिकाले विभिन्न २० वटा विषयमा निशुल्क सीपमूलक तालिम सञ्चालन गरेको छ । तालिम लिएर व्यवसाय तथा उद्यम सञ्चालन गर्न चाहनेलाई उपकरण र सामग्री समेत उपलब्ध गराइएको छ ।

मेयर युवा इलम तथा महिला उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत हालसम्म करीब तीन हजार जनाले तीन महिने सीप सिकेका छन् । तीमध्ये ६० प्रतिशत स्वरोजगार र केही विषय ज्ञानमा आधारित जागिरे बनिसकेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : ५२ बजे

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि