१० श्रावण २०८३, आइतबार | July 27, 2026

लगानीमैत्री नीति बनाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह



बुटवल । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा अर्थतन्त्रको विकासका लागि लगानीमैत्री नीति बनाउन सरकारसँग आग्रह गरेका छन् ।

उपाध्यक्ष ढकालले विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अब्बल बनेको धारणा राखे ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६८औँ वार्षिक साधारणसभाको आज बुटवलमा उद्घाटनपछि वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र लक्षित नीति बनाउँदा सरोकारवालाको सुझाव सल्लाह लिन आग्रह गर्दै उनले यसो गर्दा त्यसमा निजी क्षेत्रको पनि अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने भनाइ राखे । उनले बुटवलको बमघाट–वसन्तपुर केबुलकार निर्माण सम्पन्न भएपछि बुटवलसँगै यस क्षत्रको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गरे ।

सभामा सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाको समयदेखि हालसम्म यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सङ्घले खेलेको भूमिकाबारे धाराणा राखे । कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउँदै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री हुन आग्रह गरे । प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीका लागि सङ्घले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसके पनि बुटवल प्रदेशको आर्थिक केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बन्दै गएको बताए । निजी क्षेत्रसँगको सहकार्यबिना विकास सम्भव नभएको बताउँदै उनले बुटवलले निजी क्षेत्रलाई अगाडि लगाएर विकासका पाइला चालेको दाबी गरे ।

नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले विकास निर्माणका कार्यमा बुटवल पछाडि परेको आरोप लगाए । नेपाल उद्योग वाणिज्य महासङ्घ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले स्वदेशी पूँजी स्वदेशमै परिचालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै, महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएका समस्या समाधानमा गम्भीर बन्न सरकारलाई आग्रह गरे।

यसैबीच, बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले तीनजना चिकित्सकलाई सम्मान गरेको छ । कोभिड महामारीको समयमा सङ्घले सञ्चालन गरेको कोभिड हेल्पडेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका चिकित्सक द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : १६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले