२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जन्ती बस दुर्घटना : घाइते एक जनाको मृत्यु



जाजरकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मुसीकोट नगरपालिका-१, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मत्यु भएको हो ।

मुसीकोट-२ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएको थियो ।

प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका-२, को पिपलबाट जन्ती लिएर मुसीकोट-१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो ।

घाइते भएर नेपालगन्ज पठाइएकामा मुसीकोट नगरपालिका-१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : १३ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं