८ बैशाख २०८१, शनिबार | April 20, 2024

मस्तिष्कको व्यायाम गर्ने पाँच विधि



१. मन लागेका कुरा लेखौँ
मस्तिष्कको व्यायम गर्ने सबैभन्दा सहज तरीका भनेको लेखन हो । मनमा लागेका कुरा कपीमा लेख्दा मस्तिष्कको दुवै भाग सक्रिय बन्नुको साथै मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म मस्तिष्कमा लेखेको कुरा सम्झिरहन्छ । यो युवा र बालबालिका सबैमा काम गर्छ । लेखाई पढाइले यसै पनि मस्तिष्क सक्रिय बन्ने विश्वास छ ।

 

२. पाक कक्षामा सहभागी बनौँ
खाना बनाउँदा शरीरका कयौं इन्द्रियले काम गरिरहेको हुन्छन् । खाना बनाउँदा गन्ध, श्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन् । साथै खाना बनाउँदा स्मरण शक्ति समेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ । फरक किसिमको खाना बनाउन सिक्दा स्मरण शक्ति अझै बलियो बन्ने गर्छ ।

 

३. नयाँ नयाँ सोख राखौं
नयाँ सिप र नयाँ नयाँ सोख पाल्नु भनेको दिमागलाई एक प्रकारले व्यायम नै हो । सिर्जनशील सोखहरू जस्तै, गीत गाउनु, गीत रचना गर्नु, नाच्नु, नयाँ नयाँ तरीकाले व्यायम, योग गर्दा मस्तिष्कका विभिन्न भागले काम पाउँछन् । अझ वाद्यबादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायम हो । जो बच्चामा वाद्यबादनमा रुचि र सोख छ उसले अरु बालबालिकाले भन्दा फरक तरीकाले आवाजहरू सुन्ने विज्ञानले पुष्टि गरिसकेको छ । यसकारण तपाईहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यबादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत सोखको विकास गर्न सक्नुहुन्छ । जसले तपाईको मस्तिष्क सक्रिय मात्रै होइन समाजको पनि भलाइ हुन्छ ।

 

४. कोठेपद मिलाउने कोसिस गर्नुहोस्
खेल तथा पज्जल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ । यसले भविष्यमा हुनसक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ । यसकारण आजैदेखि पत्रपत्रिकामा आउने कोठेपद, पज्जलहरू मिलाउन कोसिस गर्नुहोस् । साथै सुकुडु, क्युव मिलाउने, चेस खेल्दा पनि मस्तिष्कको व्यायम हुन्छ ।

 

५. नयाँ भाषा सिक्नुहोस्
सुन्दा अच्चम लाग्न सक्छ नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायम हुन्छ भनेर । तर, यो सत्य हो कि नयाँनयाँ भाषा सिक्दा मस्तिष्कमा उत्तेजना पैदा हुन्छ र मस्तिष्कमा रहेका सबै प्रकारका अवरोध खुल्न थाल्छन् । किनकी भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नु पर्छ । जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ । विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिम समेत कम हुन्छ । कुनै नयाँ शब्द पहिचान र भण्डारण गर्न मस्तिष्क सक्रिय बन्ने गर्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ११ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको