३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

अध्यागमनबाट फर्काइए विदेश जान लागेका ७६ यात्रु



काठमाडौ । ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ ।

उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

“केही आशङ्का लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए”, शाहीले भने । यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् ।

उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । “उनीहरु सम्पर्कमा आएको तर घटना मिलाउन खोजेको जस्तो देखिन्छ, कैफियत देखियो भने अधिकार प्राप्त संस्थाबाट अनुसन्धान हुन्छ,” शाहीले थपे ।

उक्त विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने उनले बताए । सो विषयमा आज मात्रै नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।

उनीहरु आइतबार राति त्रिभुवन विमास्थलबाट दुबई उड्दै थिए । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले केही परिवारसहित आएका व्यक्तिहरु भने प्रमाणका आधारमा विदेश पठाइएको जानकारी दिए ।

“सहकारीको लेटरप्याडबाट विदेश जान लागेका थिए”, महानिर्देशक भट्टराईले भने, “उनीहरु विदेश जानुको उद्देश्य के थियो, त्यसरी भ्रमण गर्ने अधिकार छ कि छैन, छ भने स्थानीय तहले नियमन गर्ने सहकारीले त्यहाँबाट आधिकारिक अनुमति प्राप्त गरेको हो कि होइन भन्ने जोडिन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : २९ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा