२८ भदौ २०८३, आइतबार | September 13, 2026

भारतले अध्यागमन कार्यालय बन्द गरेपछि नेपालगन्ज अध्यागमनको कामकाज ठप्प



नेपालगन्ज । सीमावर्ती रुपईडिहामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेसँगै नेपालगन्जमा रहेको अध्यागमन कार्यालय कामबिहिन बनेको छ । पहिलो पटक कोभिड सङ्क्रमण बढेपछि सीमा नाका बन्द भएलगत्तै भारतले अध्यागमन कार्यालय बन्द गरेसँगै नेपालगन्जको अध्यागमन कार्यालय कामबिहिन बनेको हो ।

भारतको अध्यागमन कार्यालय बन्द भएपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन पनि बन्द भएको छ ।

करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्ने पर्यटकलाई सम्झाई बुझाई गराई अन्य नाकाको प्रयोग गर्न सुझाव दिने बाहेकका काम गर्न सकेका छैनन् ।

भारतको अध्यागमन कार्यालय बन्द भएदेखि नै नेपालगन्जको अध्यागमन कार्यालयले सेवा दिन नसकेको कार्यालयका वरिष्ठ अध्यागमन सहायक कृष्णा रानाले बताए ।

विदेशी पर्यटकलाई भारततर्फ काम नहुने भएपछि सुनौली वा अन्य नाकाबाट भारत प्रवेश गर्न सुझाव दिइने गरेको उनले बताए । रानाका अनुसार पछिल्लो समय भने अध्यागमन कार्यालयले भारतीय पक्षसँग समन्वय गरी तेस्रो देशबाट फर्केका भारतीयलाई प्रस्थान तथा दिल्ली हुँदै अन्य देशबाट फर्केका नेपालीलाई आगमन स्वीकृति दिने गरेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९।८० मा विदेशबाट नेपाल हुँदै भारत प्रवेश गर्न आएका १७ जना भारतीय नागरिकलाई अनुमति दिइएको छ । सोही अवधिमा ३ जना नेपालीलाई नेपालगन्ज प्रवेश अनुमति दिइएको छ । उनीहरू तेस्रो देशबाट भारत हुँदै नेपाल प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ४९ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू