२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

संसद अधिवेशन सुरु भएकै दिन एमसीसी विरुद्ध संसद भवन घेराउ गर्ने ६ वाम दलको निर्णय



एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका ६ वटा वामपन्थी दलले संसद बैठक सुर हुने दिन संसद भवन घेराउ गर्ने भएका छन् ।

बुधबार ६ दलीय गठबन्धन र दुई मोर्चा संगठनसम्मिलित बैठकले राष्ट्रपतिले आह्वान गरेको संसद अधिवेशनको दिन संसद भवन घेराउ गर्ने निर्णय गरेको हो । संघीय संसदको दुवै सदनको बैठक यही मंसिर २८ गते दिउँसो २ बजे बस्दैछ ।

बैठकले एमसीसीको विरोधमा संसद अधिवेशनको पहिलो दिनमै संसदन भवन घेराउ गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जानकारी दिएका छन् । सरकारले मंसिर २८ गते संसदको पहिलो बैठकमै एमसीसी सम्झौता संसदमा पेश गर्ने योजना बनाएको छ । अमेरिकाले डिसेम्बर १४ सम्म नेपाललाई दिएको समयसीमाभित्रै संसदमा एमसीसी पेश गरेर प्रक्रिया अघि बढाउन लागेको सन्देश अमेरिकालाई दिने सरकारको योजना रहेको छ ।

एमसीस विरुद्ध आन्दोलनमा रहेका दलहरुको बैठकले मंसिर २७ गते एमसीए नेपालको कार्यालय घेराउ गर्ने निर्णय भगरेको छ । यस्तै त्यसअघि मंसिर २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि राखिएको छ ।

बैठकमा विप्लव नेतृत्वको नेककपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतका वाम दल र मोर्चा सहभागी भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ३३ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ