६ बैशाख २०८१, बिहिबार | April 19, 2024

भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारका नियमित कार्यक्रममा राखेर सम्पन्न गरिनेछ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन् । राजधानीमा आयोजित नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई बुधवार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले निजी आवासहरूको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी दिए ।

उनले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचनाहरू सकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताउँदै विपद व्यवस्थापन सम्बन्धी कार्यहरू विपद व्यवस्थापन प्राधिकरणमार्फत् सम्पन्न गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकाल सम्पन्न हुन गइरहेको सन्दर्भमा आयोजित सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका वस्तीहरूको स्थानान्तरणका लागि एकीकृत वस्ती वकिास कार्यक्रम अघि बढाइएको तथा वस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बढेको पनि जानकारी दिए ।

सफल पुननिर्माण कार्यले क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभई त्यस क्रममा कार्य सम्पादनमा नेपालको निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको उनले बताए ।

उनले भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता पाउनुको साथै भूकम्पपछि भौतिक संरचना पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण पनि गठन भएको र यसको कार्यकाल सन्तोषजनक रुपमा सम्पन्न भएको टिप्पणी गरे ।
दोस्रो संविधानसभाको निर्वाचन पछि संविधान निर्माणका लागि संसदमा बहस गरिरहँदा विनाशकारी भूकम्प आएर नौ हजारले ज्यान गुमाएका थिए भने २२ हजार घाइते भएका थिए । भूकम्पबाट १० लाखभन्दा बढी निजी घर, हजारौँ विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी संरचना र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरू भत्किएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : १० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी