१५ बैशाख २०८१, शनिबार | April 27, 2024

काँग्रेस १४ औं महाधिवेशन : संस्थापनपक्षबाट शेरबहादुर सभापतिको विकल्प नभएको निष्कर्ष



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पदाधिकारीको टुङ्गो लगान नसकेपनि सभापतिमा सभापतिमा शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको देउवा निकट नेताहरुको बैठकले पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको ठकर गर्दै देउवालाई नै महाधिवेशनबाट सभापति बनाउने निष्कर्ष निकालेको हो ।

बैठकले पदाधिकारीका विषयमा टुङ्गो लगाउन नसकेको बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । महतले देउवामा विभिन्न विचारधारा भएका दलहरुलाई मिलाएर लैजान सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताए ।

पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने बैठकले निर्णय गरेको उनले बताए ।

कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउदलगायतले दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ४ : २३ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा