११ भदौ २०८३, बिहिबार | August 27, 2026

काँग्रेस १४ औं महाधिवेशन : संस्थापनपक्षबाट शेरबहादुर सभापतिको विकल्प नभएको निष्कर्ष



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पदाधिकारीको टुङ्गो लगान नसकेपनि सभापतिमा सभापतिमा शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको देउवा निकट नेताहरुको बैठकले पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको ठकर गर्दै देउवालाई नै महाधिवेशनबाट सभापति बनाउने निष्कर्ष निकालेको हो ।

बैठकले पदाधिकारीका विषयमा टुङ्गो लगाउन नसकेको बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । महतले देउवामा विभिन्न विचारधारा भएका दलहरुलाई मिलाएर लैजान सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताए ।

पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने बैठकले निर्णय गरेको उनले बताए ।

कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउदलगायतले दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ४ : २३ बजे

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा