१६ बैशाख २०८३, बुधबार | April 29, 2026

परम्परागत नीति नियमहरुलाई समयानुसार परिवर्तन गर्न वरिष्ठ उपाध्यक्ष ढकालको सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए ।
“यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीति नियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ।,” उनले भने, “यसका लागि राज्यले अग्रसरता लिनुपर्छ ।”

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहल गर्नुपर्ने बताए ।
“अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ,” उनले भने ।

विजुली भारतमा निर्यात शुरु भएको बताउँदै उहाँले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए ।
उनले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गरे । सवारी साधन विलासिताको वस्तु मात्र नरहेको बताउँदै ढकालले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्वपूर्ण भएको बताए । उनले कोभिड–१९ को महामारीबीच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : १० बजे

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का नियुक्त

कर्णाली । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

खोटाङ । निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता