५ पुस २०८२, शनिबार | December 20, 2025

प्याराग्लाइडिङको पूर्वाधार प्रयोगविहीन



बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङको बलेवा क्षेत्रमा निर्माण गरेको प्याराग्लाइडिङ पूर्वाधार प्रयोगविहीन भएको छ ।

पोखराको वैकल्पिक प्याराग्लाइडिङ गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गत वर्ष निर्माण गरेको संरचना एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको हो ।

संरचना तयार भएका एक वर्षसम्म पनि प्याराग्लाइडिङ हुन सकेको छैनन् । गण्डकी प्रदेश सरकारले गत वर्ष २२ लाख लागतमा बागलुङ नगरपालिका(१४ मा प्याराग्लाइडिङको लागि आवश्यक मैदान, भवन, शौचालय जस्ता संरचना तयार गरेको उपभोक्ता समितिका सचिव भरत पौडेलले जानकारी दिए ।

स्थानीय तह तथा प्रदेश सरकारले संरचनाको जिम्मेवारी नलिँदा समस्या भएको सचिव पौडेलले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ बलेवामा सञ्चालन गर्ने प्रदेश सरकारले लक्ष्य राखेको थियो ।

पोखरामा विमान स्थल सञ्चालनमा आउने र प्याराग्लाइडिङ विस्थापन हुने वा नहुने विषय नै विचारधीन हुँदा तत्काल व्यावसायिक उडान सम्भावना नभएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । भौतिक संरचना निजी कम्पनीले अनुमति लिएर उडान सुरू गर्न चाहेमा काम गर्न सक्ने उनले बताए । । बलेवामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि व्यावसायिक उडानको लागि संरचना तयार गरिएको हो ।

बलेवामा निर्माण गरिएको संरचना एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्ला सदरमुकाममाथि प्याग्लाइडिङ सयर गर्न सकिने र सहासिक पर्यटनका लागि पूर्वाधारसमेत बलेवा क्षेत्रमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ५५ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले