२२ असार २०८३, सोमबार | July 7, 2026

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् ।

२४-२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा ट्राफिक व्यवस्थापनको चिन्ता बढेको छ । बढ्दो सवारी चापले प्रभावित उपत्यकाको ट्राफिक व्यवस्थापन देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनका कारण थप अस्तव्यस्त हुने निश्चित छ । यस्तोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनको योजना बनाएको छ ।

ट्राफिक व्यवस्थाका दुई मुख्य कुरामा एउटा जनशक्ति परिचालन र अर्को पार्किङस्थल हो । यी दुबै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ ।

महाधिवेशन स्थल वरीपरीको रुटमा प्रत्येक सिफ्टमा ३५० ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । ‘अस्त व्यस्त नहुने गरी मिलाएका छौं । आउने रुटमा थप जनशक्ति परिचालन गरेका छौं,’ उनले भने, ‘यो क्षेत्रमा जनशक्ति पनि बढाएका छौं । हामीले एक सिफ्टमा ३५० ट्राफिक प्रहरी यो महाधिवेशन वरीपरी खटिन्छन् । यो नर्मल अवस्थाभन्दा बढी हो ।’

माइतीघर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रलाई फोकस गरेर जनशक्ति थप गरिएको हो । ‘योभन्दा अगाडि ठूला कार्यक्रम पनि व्यवस्थापन गरेको अनुभवका आधारमा व्यवस्थापनको योजना बनाएका छौं । नर्मल अवस्थाभन्दा अलिकति असहज होला । तर अस्तव्यस्त नै हुने अवस्था आउँदैन,’ उनले भने ।

असहज अवस्था आए वैकल्पिक उपाय अपनाउने उनको भनाइ छ । ‘अरु सवारी चल्नै नसक्ने अवस्था हुँदैन । अरु गाडी पनि चल्छन् । हामीलाई अलिकति समस्या जुलुस निकालेको बेला हो । त्यस्तो बेला केही समयलाई डाइभर्ट गरेर मिलाउँछौ । वैकल्पिक बाटोबाट पठाउँछौं । त्यस्तो अस्तव्यस्त हुने अवस्था आउँदैन,’ एसएसपी भट्टराई भन्छन्, ‘इन्ट्री पोइन्ट हेरिन्छ । असहज अवस्था आए डाइभर्ट गरेर मिलाइन्छ ।’

दोस्रो महत्वपूर्ण विषय पार्किङ स्थल हो । देशभरबाट आएका कार्यकर्ताले प्रयोग गरेका सवारी महाधिवेशन स्थल नजिँकै पार्किङ गराउनु पनि चुनौतीपूर्ण छ । यसमा पनि ट्राफिक महाशाखाले सबैका लागि हुनेगरी चारदेखि पाँच स्थान तोकेर पार्किङको व्यवस्था मिलाएको छ ।

एसएसपी भट्टराईका अनुसार पार्किङस्थल खुला मञ्चमा तोकिएको छ । टुँडिखेलमा पनि राखिएको छ । भीआईपीका गाडी भृकुटीमण्डपभित्रै राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहमा पनि राख्ने प्रबन्ध मिलाइएको छ । ‘भीआईपी, महाधिवेशन प्रतिनिधि, अन्य कार्यकर्ताको छुट्टाछुट्टै मिलाइएको छ,’ उनले भने ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : ४३ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ