१९ बैशाख २०८१, बुधबार | May 1, 2024

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रवार अन्तेष्टि गरिने



नयाँ दिल्ली । बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्तेष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानाकारी दिएको हो । उनको शव आज विहीबार दिल्ली ल्याइदैछ ।

रावत चढेको भारतीय वायु सेनाको एमआई-१७ भी ५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

दर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए ।

रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ०५ बजे

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ

बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर

ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

ललितपुर । गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो

कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको

अबको राजनीतिको दिशा केहो भन्ने उपनिर्वाचनले देखाएको छ : महासचिव पोखरेल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अबको

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा