२९ मंसिर २०८२, सोमबार | December 16, 2025

खोप लगाइसकेका र संक्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ ओमिक्रोन भेरियन्ट : डब्लूएचओ



न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक संक्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ ।

‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्यांकले यो देखाउँछ की एक पटक संक्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरुमा पनि ओमिक्रोन तीव्र ढंगले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने । तर, तीव्र फैलिन्छ भनेर निस्कर्षमा पुग्नुअघि अझै बढी तथ्यांक अध्ययन गर्न आवश्यक भएको उनले बताए । ओमिक्रोनको लक्षणबारे प्रष्ट तथ्यांक उपलब्ध गराउनसमेत प्रभावित देशहरुलाई उनले अनुरोध गरे ।

दक्षिण अफ्रिकामा फैलिएको ओमिक्रोन भेरियन्ट अहिले नेपाललगायत ४५ देशमा फैलिइसकेको छ । प्रभावित देशहरुले सीमामा कडाई गर्नुका साथै विभिन्न प्रतिबन्धातात्मक व्यवस्था लागू गरेका छन् ।

भाइरसलाई लिएर लापरबाही नगर्न पनि टेड्रोसले सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘यो सामान्य भाइरस हो भनेर रमाउने हो भने यसले ठूलो मानवीय क्षति गर्नेछ,’ उनले भने । पछिल्लो भेरियन्ट मानिसहरुमा सजिलै फैलिने भएकोले संक्रमणको ‘चेन’ तोड्नुपर्ने उनले बताए ।

नयाँ भेरियन्ट यसअघिका डेल्टा भाइरसभन्दा न्यून जोखिमपूर्ण रहे पनि यसको संक्रमण क्षमता भने तीव्र भएको वैज्ञानिकहरुले बताउँदै आएका छन् । – एजेन्सी

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ३३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको