३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

संसद चल्न नदिने एमालेको चेतावनी



काठमाडौं । नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताए । उनले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको उल्लेख गरे ।

सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानुन व्यवसायीले गरेको आन्दोलनका एजेन्डाबाट न्यायालयको सुधार नहुने बताए । उनले एमाले न्यायिक नेतृत्व हटाउने या राख्ने खेलमा सहभागी नहुने भन्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको एजेन्डा उठाउनेलाई मात्र समर्थन रहने बताए ।

आगामी २८ मंसिरबाट सुरु हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम राख्ने उनको भनाइ छ । संसदमा आफहरूले उठाएका एजेन्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने ज्ञवालीको भनाइ छ ।

पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने उनको भनाइ छ ।

उनले १०औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको भन्दै अबको तीन महिनाभित्र एमालेले सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुने बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ३ : ३९ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ