९ बैशाख २०८३, बुधबार | April 22, 2026

एमाले महाधिवेशनको गैंडाको मस्कट बेवारिसे, मस्कटलाई पछाडि पारेर चितवन महोत्सव



चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा राखिएको गैंडाको मस्कट बेवारिसे बनेको छ । साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको गैंडाको मस्कट एमालेको महाधिवेशन सकिएपछि बेवारिसे बनेको हो ।

गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो । सोहीअनुसार गैंडाको मस्कटको मूर्ति नै बनाएर महाधिवेशन उद्घाटन स्थलमा राखिएको हो ।

मस्कटलाई नदी किनारको उत्तरतर्फ पुछारमा राखिएकाले नदी किनारमा पुग्ने पर्यटकहरू त्यहाँसम्म पुगेकै हुँदैनन् । बर्खामा नारायणीमा आउने बाढीले गैंडाको मस्कट बगाएर लैजाने जोखिम पनि उत्तिकै छ ।

२५ पुसदेखि ४ माघसम्म नारायणी नदी किनारमा हुन लागेको चितवन महोत्सवको मञ्च पनि मस्कटलाई पछाडि पारेर बनाइँदै छ । उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव गर्न लागेको हो ।

महोत्सवका लागि छेकबार, मैदान व्यवस्थापन र स्टल निर्माणको काम सुरू भएको छ । एमालेले मञ्च बनाएको स्थानमा बालुवा रहेकाले त्यस ठाउँलाई छाडेर मञ्च बनाउन लागिएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए ।

‘मञ्च निर्माण गर्दा पहिलादेखिको हाम्रो प्लानभन्दा बाहिर गयो भने बालुवा मात्र छ । अहिले सुरक्षाका लागि बनाइएको छेकबारभन्दा पछाडि बालुवा भएको ठाउँमा बालउद्यान हुन्छ । बाल उद्यानमा जानका लागि ३० देखि ४० फिटको गेट बनाउछौँ’, उनले भने ।

बाल उद्यानभन्दा पछाडि अर्को छेकबार बनाइनेछ । मञ्च र बालउद्यानको बीचमा गैंडाको मस्कट पर्ने देखिन्छ । नेकपा एमालेले महाधिवेशनमा मञ्च बनाएको स्थानमा महोत्सवको बाल उद्यान बनाइने भएको हो । अहिले बालउद्यान बनाउने स्थानलाई छाडेर छेकबार लगाएर मैदान व्यवस्थापनको काम गरिँदै छ ।

एमालेले महाधिवेशनमा गैंडाको मस्कटलाई मञ्चको पश्चिमतर्फ राखेको थियो । महाधिवेशन सकिएपछि पार्टीको झण्डा निकालेर मस्कटमा नेपालको झण्डा राखिएको छ । मस्कटले पनि नदी किनारमा पुग्ने पर्यटकलाई आकर्षित गर्ने अपेक्षा छ । चितवन महोत्सवमा अवलोकनकर्तालाई आकर्षित गर्ने खालका विभिन्न प्रदर्शनी र खेलहरू खेलाइन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : १४ बजे

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा