३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द



जाजरकोट । जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा हरेक दिन बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

कक्षा ६देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

बिहीबार १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । केहीबेर बेहोस हुने कराउने गरेपछि आफैँ ठिक हुने गरेको उनले बताए । केही समयपछि फेरि अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

जिल्ला अस्पतालका चिकित्सकले त्रिभुवन माविका छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएको बताएका छन् । डा समीक्षा मल्लले छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्कविच्छेद गरे विस्तारै समस्या आफैँ समाधान हुने बताउँछिन ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : २४ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ