७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द



जाजरकोट । जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा हरेक दिन बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

कक्षा ६देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

बिहीबार १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । केहीबेर बेहोस हुने कराउने गरेपछि आफैँ ठिक हुने गरेको उनले बताए । केही समयपछि फेरि अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

जिल्ला अस्पतालका चिकित्सकले त्रिभुवन माविका छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएको बताएका छन् । डा समीक्षा मल्लले छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्कविच्छेद गरे विस्तारै समस्या आफैँ समाधान हुने बताउँछिन ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : २४ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा