९ बैशाख २०८३, बुधबार | April 22, 2026

कांग्रेस महाधिवेशन : पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा



काठमाडौं । बिहिबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन् ।

महाधिवेशन स्थल हेर्न आएका अधिकांश मानिसहरूको अनुहारमा छुट्टै उमङ्ग थियो, खुसी अनि रमाएका देखिन्थे । तर, नौ महिने दुधे छोरी पिठ्युँमा बोकेर फोहोर उठाउँदै हिँडेकी देउलाको अनुहारमा भने उमङ्ग हैन, जिम्मेवारी र बाध्यताको पिरलो देखिन्थ्यो ।

काभ्रे घर भई विगत ११ वर्षदेखि काठमाडौं बस्दै आएकी देउला महाधिवेशन स्थलमा फोहोर उठाउन आएकी हुन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनी नौ महिने छोरी पिठ्युँमा बोकेर महाधिवेशन स्थलको फोहोर उठाउन आएकी हुन् । उनले फोहोर उठाएवापत दैनिक ६०० रुपैँयामा पाउँछिन् ।

‘मेरो श्रीमान् पनि फोहोर उठाउनु हुुन्छ । म पाएसम्म ज्याला मजदुुरी गर्थेँ, मेला जान्थेँ । अहिले यतिकै बसिरहेके थिएँ आमाजूले फोहोर उठाउन जाउँ भन्नुभयो । यहाँ काम गरे पैसा कमाइन्छ, त्यसैले आएँ’, उनी भन्छिन् ।

सानी छोरीको हेरचाह गर्न घरमा कोही नभएपछि बोकेरै उनी काममा आएको बताइन् । गरिबी र जिम्मेवारीको भारीले थिचेपछि पिठ्युुँमा छोरी बोकेर काम गर्दा पनि उनलाई गाह्रो महसुस भने नभएको बताउँछिन् । उनी भन्छिन्, ‘गाह्रो भएको छैन । काम गर्नै पर्‍यो । घरमा छोरी हेर्ने मान्छे छैनन् । काम पाएको बेला नगरी भएन त्यसैले बोकेर आएको ।’

देउलाकी १० वर्षीया अर्की छोरी पनि छिन् । उनी काठमाडौंकै एक विद्यालयमा कक्षा चारमा पढ्छिन् । दुई छोरीसहित देउलीको परिवारमा चारजना छन् । उनीहरूको परिवारको हात मुख फोहोर उठाएर आएको पैसाले नै जोडिन्छ । यसबाहेक उनीहरूको अन्य कुुनै आयस्रोत छैन् । उनी भन्छिन्, ‘अरुले यस्तै कार्यक्रमहरूमा फोहोर उठाउने जिम्मा लिन्छन्, बुढा त्यहीँ काम गर्नुहुन्छ । म पनि मिलेसम्म गर्छु । यसैले घरखर्च चलाइरहेका छौँ ।’

कांग्रेसको महाधिवेशन नभएको भए अहिले रुमा कोठामै बसिरहेकी हुन्थिन् । तर, महाधिवेशन भएकाले काम पाएपछि उनी दंग छिन् । ‘आज बिहान ७ बजेदेखि आएको हो । बेलुका ५ बजेसम्म काम गर्छु । कार्यक्रम नसकिएसम्म सधैँ यही काम गर्न आउने हो । दिनको ६०० रुपैँया कमाइ हुन्छ । जम्माजम्मी तीनरचार हजार कमाइन्छ होला’, उनी सुनाउँछिन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : ५८ बजे

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा