२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

लुम्बिनीमा पाँच करोडको रामजानकी हनुमान मन्दिर बन्दै



बुटवल । लुम्बिनीमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१ स्थित भगवानपुर (खुनगाई) मा पाँच करोड रुपैयाँको लागतमा रामजानकी हनुमान मन्दिरको निर्माण थालिएको छ । विवाह पञ्चमीको अवसर पारेर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे ।

धर्म संस्कृतिको संरक्षण र संम्वर्द्धनका लागि रामजानकी हनुमान मन्दिर निर्माण गर्न लागिएको मेयर मनमोहन चौधरीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न हुनेछ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका इञ्जिनियर राजेश कोहारले एक बिघा एक धुर क्षेत्रफलमा मन्दिर बन्ने बताए । उनका अनुसार रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल मन्दिर निर्माण हुनेछन् ।

दुई हजार वर्गफिटमा बन्ने मन्दिर आकर्षक डिजाइनमा तयार हुने पनि कोहांरले बताए । मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ ।

बाबुल लुम्बिनी सांस्कृतिक एशोसिएट प्रालिले उक्त मन्दिर निर्माणका लागि १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ०७ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३