७ आश्विन २०८३, बुधबार | September 23, 2026

झापाकाे वनमा फलफूल, सगन्धित तेल र रबर खेती



झापा । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको राजमार्ग उत्तरमा छ, रतुवामाई वृक्षरोपण आयोजना । रतुवा नदी पूर्व र माई नदी पश्चिममा रहेको यो वृक्षरोपण आयोजना २७७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

झापामा रहेको यो वृक्षरोपण आयोजना निकै ठूलो आयोजना हो । विगतमा मसला, शाललगायत जातका विरुवा वृक्षरोपण गर्दै आएको यो आयोजनाले पछिल्लो समय जंगलमा फलफूल, सुगन्धित तेल र रबर खेती पनि सुरु गरेको छ ।

आयोजनाले राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा आयोजनाको स्थायी स्रोतका लागि जंगलमा फलफूल, अगर हुड (सुगन्धित तेल) र रबर खेती सुरू गरेको आयोजना प्रमुख खेमलाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार १० हेक्टर क्षेत्रफलमा विभिन्न फलफूलका पाँच हजार बिरुवा लगाइएको छ ।

आँप, लिची, कटहर, बडर, कागती, अम्बा लगयतका बिरुवा लगाइएको विश्वकर्माले जानकारी दिए । विरुवाले तीन वर्षभित्रमा फलफूल उत्पादन सुरू गर्ने उनको भनाइ छ । ‘उन्नत जातका बिरुवा लगाइएको छ । यसले तीन वर्षभित्रमा उत्पादन सुरू गर्छ । उत्पादन सुरू भएपछि वृक्षरोपण आयोजनाको कार्यालयलाई यो आम्दानीको स्थायी स्रोत पनि हुन्छ,’ उनले भने, ‘कृषि वनको रूपमा विकास गर्ने योजना पनि सफल हुन्छ ।’ गत वर्ष राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिले ४२ लाख खर्च गरेर फलफूलको बिरुवा रोपेको उनले बताए ।

यस्तै, वनमा रबर र सुगन्धित तेलको पनि वृक्षरोपण पनि गरिएको छ । गरि चार वर्षअघि राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा करिब पाँच हजार सुगन्धित तले र २८ सय रबर वृक्षरोपण गरिएको आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए । रबर र सुगन्धित तेलको वृक्षरोपणका लागि चुरेले करिब ३४ लाख खर्च गरेको थियो ।

रबर र अगर हुडले उत्पादन दिन १० वर्ष लाग्ने विश्वकर्माले जानकारी दिए । सुगन्धित तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै महँगो छ । यसको उत्पादन पनि निकै झन्झटिलो छ । वृक्षरोपणको सात/आठ वर्षपछि यसमा ‘फङ्गस’ लगाएर उत्पादन योग्य बनाउनुपर्ने आयोजना प्रमुख विश्वकर्माले जानकारी दिए ।

वनमा लगाएका फलफूल, रबर र अगर हुडको रेखदेखका लागि चार जना कर्मचारी खटाइएको छ । उनीहरूले २४ घण्टा नै निगरानी गर्ने गरेको विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई