१८ माघ २०८२, आइतबार | February 1, 2026

फ्रान्स बेइिजङ ओलम्पिकमा सहभागी हुन्छ : राष्ट्रपति इम्यानुअल म्याक्रोन



पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले फ्रान्सले सन् २०२२ मा हुने हिउँदै ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । बहिस्कार अनुपर्युक्त भएको र यसले खासै महत्व नराख्ने उनको भनाई छ ।

चीनमा मानवअधिकार उल्लंघनका घटनाम तीव्र बृद्धि भएको भन्दै दबावसहित अमेरिकासहितका चार राष्ट्रले बेइजिङ ओलम्पिकमा सरकारी प्रतिनिधि नपठाउने घोषणा गरेका छन् । चीनले त्यहाँको मुस्लिम समुदाय उहिगुर र अन्य अल्पसंख्यकमाथि दमन गरेको ती देशहरुले आरोप लगाउँदै आएका छन् ।

त्यस्तै, हङकङमा भएको राजनीतिक आन्दोलनमा भइरहेको दमन र चीनकी टेनिस खेलाडी पेङ सुआईमाथि भएको यौन दुर्व्यवहारका विषयलाई पनि ती राष्ट्रले चीनसँग अ‍ौ‌ला ठडाएका छन् ।

यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बेइजिङ ओलम्पिकमा अ‌ाफू सहभागी हुने जनाएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : १७ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज