२२ असार २०८३, सोमबार | July 7, 2026

कांग्रेस महाधिवेशन : निकट नेताको राजनीतिक सुरक्षा खोज्ने रणनीतिमा सिटौला



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच गुटबन्दी र पदीय रक्षाको लडाई उत्कर्षमा पुगेको छ ।

सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकांक्षी देखिदा पूर्वमहामन्त्री तथा अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला भने आफू निकट नेताको व्यवस्थापनमा जुटेका छन् ।

कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको लिगेसी दावी गर्दै शेखर कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिले सभापतिमा दावी गरिरहदा सिटौला भने सभापतिका अर्का आकांक्षी देउवासँग निजक रहेर पहिला आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन् ।

विगतमा सभापतिका उम्मेदवारका रुपमा आफुलाई उभ्याउदै आएका सिटौला आकांक्षी वढेसँगै सभापतिको दौडवाट पछि हटेका छन् । तर उनले आफूलाई समर्थन गर्दै आएका पूर्वविद्यार्थी नेता प्रदीप पौडेल, नेताहरु उमाकान्त चौधरी, शिवप्रसाद गुमागाईलगायतका दुई दर्जन वढी नेतालाई केन्द्रीय समितिमा अटाउने गरी सभापतिका आकांक्षीहरुसँग बेग्लावेग्लै छलफल गरिरहेका छन् ।

महाधिवेशन उद्घाटनको दिनसम्म आइपुग्दा उनी वर्तमान सभापति शेरबहादुर देउवा निकट बसेर आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन् ।

आफु पक्षीय ३० जना नेतालाई देउवाको प्यानलवाट प्रतिस्पर्धा गराउनु पर्ने अडानमा रहेका सिटौलाले माग पुरा नभए महाधिवशेन उद्घाटनकै दिन सार्वजनिक रुपमा सभापतिमा दाबी गर्ने बताइरहेका छन् ।

तर देउवाले कम्तीमा २० जना सिटौला पक्षीय नेताको व्यवस्थापन गर्ने बचन दिइसकेको सिटौला निकट एकजना केन्द्रीय सदस्यको दाबी छ । सभापति नपाए सवैभन्दा वढी मतसहित उपसभापतिमै प्रतिस्पर्धा गर्ने चाहना सिटौलाको छ ।

तर देउवासमूह भित्रैबाट विजय गच्छदार, पूर्णबहादुर खड्काजस्ता नेतालाई देउवाले उपसभापतिको आश देखाएका कारण सिटौला सो पदमा आफू सुरक्षित नरहेको महसुस गरिरहेका छन् ।

‘सभापति छाडेर उपसभापतिमा जाँदापनि देउवाले दुईजना नेतालाई उपसभापति बनाउने बचन दिइसक्नुभएको छ, त्यसकारण सिटौला आफु सभापति या पदाधिकारी बन्ने भन्दा आफु निकट नेताको व्यवस्थापनमै केन्द्रीत हुनुहुन्छ,’ सिटौला निकट ती केन्द्रीय सदस्यले न्युज कारखानासँग भने ।

देउवाको साथ छाडेर आफु निकट नेता जिताउन नसकिने र उपसभापतिमा दाबी गरेर कोइराला लिगेसीका नेतालाई चिड्याउन नचाहने सिटौलाको रणनीतिका कारण पनि उनी अहिलेसम्म खुलेर बोलेका छैनन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : ४४ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ