१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी



काठमाडौं । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी भएका छन् ।

करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले कूल एक हजार ४१३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गरे ।

कूल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार ४६३, मिलनबाबु मल्ल एक हजार ४६५, राजनबाबु श्रेष्ठ एक हजार ४५७, सुरेन्द्रकुमार उप्रेती एक हजार ४३२, सुनिल रिजाल एक हजार ४०२, अभिक ज्योति एक हजार ३८३, प्रकाश कपुरी एक हजार ३७९, विक्रम सिङ्घानियाले एक हजार ३७१ र गोपाल भट्टराईले एक हजार ३६५ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै, नीलमणि पाठक एक हजार ३५४, वरदान बस्नेत एक हजार ३५० र पङ्कज अग्रवालले एक हजार ३३४, निराकर श्रेष्ठ एक हजार ३६४, यमुना श्रेष्ठ एक हजार ३५५, कपिल शिवाकोटी एक हजार ३४८, प्रदीपमान प्रधान एक हजार ३४६ र आकाश गोल्छा एक हजार ३३९ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

कूल तीन हजार २०० सदस्य रहेको नाडामा दुई हजार ७८८ मात्र मत खसेको थियो । यसअघि, संस्थागत सदस्यतर्फ सातै प्रदेशमा निर्विरोध निर्वाचित भैसकेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १२ : ३८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग