८ बैशाख २०८१, शनिबार | April 20, 2024

आर्थिक समृद्धिमा अटोमोबाईल्सको योगदान महत्त्वपूर्ण : यातायात मन्त्री ढेगामगर



बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाका दोस्रो वार्षिक साधारण बुटवलमा सुरु भएको छ । साधारणसभाको एक समारोहका बिच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री फुर्मती ढेगामगरले उद्घाटन गरिन् । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढेंगामगरले युवाहरुलाई देशमा नै रोजगार दिन अटो ब्यवसायको ठूलो योगदान रहेको बताईन। प्रदेश सरकारले अटो ब्यवसायलाई उकास्ने गरि अटो तालिमका साथै उद्यम ब्यवसायी बनाउने रुपमा कार्यक्रमहरु ल्याएको उनले बताईन। युवा र अटो क्षेत्रलाई समेट्ने गरि नितिगत रुपमा आफुले काम गर्ने प्रतिवद्धता जनाउदै उनले सडकको मर्मत, सवारी ब्यवस्थापनका लागि आवश्यक ट्राफिक ब्यवस्थापनको लागि समेत पहल गर्ने बताईन।

कार्यक्रममा नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले लुम्बिनी प्रदेशका १२ जिल्लाका ब्यवसायीहरुलाई संगठित गर्दै अगाडि बढेको बताए। देशको राजश्वमा २५ प्रतिशत योगदान दिएको र लाखौ युवाहरुलाई रोजगार दिन सफल भएको र कुल आयको दोब्बर राजश्व अटो मोबाईल्स व्यवसायीहरुले उपलब्ध गराउने गरेको उनले बताए। सरकारले पछिल्लोसमय सवारी आयातमा प्रतिवन्धले आर्थिक समस्या उत्पन्न हुने देखिएको बताउँदै उनले अटोमोबाईल्स ब्यवसायमा संकट छाएको दुखेसो गरे। समृद्धिको यात्रामा अघि बढेको देशकै विकास गर्न पर्यटन र कृषि प्रमुख मानिने भएकाले पनि यसमा अटो मोबाइल्सको महत्वपुर्ण योगदान रहेको उनले बताए।

कार्यक्रममा केन्द्रिय अध्यक्ष ध्रुव बहादुर थापाले प्रदेशस्तरमा संस्थालाई विकेन्द्रीकरण गरि ब्यवसायीहरुलाई संगठित र मजबुत बनाउने कामलाई अघि बढाएको बताए। ईतिहासमा नै अटो क्षेत्र सबैभन्दा कठिन समस्यामा रहेको भन्दै यसमा सरकारको विशेष ध्यान जानुपर्ने बताए। साढे ३ खर्बको लगानी, १ लाख प्रत्यक्ष र राजश्वमा २५ प्रतिशत योगदान दिएको क्षेत्रलाई राज्यबाट योगदानको महत्त्व बुझ्न नसकेको दुखेसो गरे। विद्युतिय सवारीलाई प्राथमिकता राख्ने भनेपनि ब्यवहारमा कार्यान्यनमा चुकेको उनले दुखेसो गरे। नेपालको भौगोलिक अवस्था र विद्युतिय सवारीको प्रयोग विपरित सरकारी नीति भएको भन्दै २ वर्षको अन्तरमा ४ पटक कर फेरबदल गरेको दुखेसो गरे।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिह थापाले ट्राफिक नियमको पुर्ण पालना नभई दुर्घटनामा कमी नआउने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताए। सबैले आफ्नो जिम्मेवारी र भुमिका मानेर योगदान दिन आग्रह गर्दै अझै पनि प्रविधिको कमी ट्राफिक ब्यवस्थापन रहेको उनले बताए।

कार्यक्रममा पत्रकारीता क्षेत्रबाट अटोमोबाईल्स क्षेत्रको योगदान दिएवापत पत्रकार स्वस्तिक श्रेष्ठ र कपिल ज्ञवालीलाई नगदसहित सम्मान गरिएको छ। नाडा लुम्बिनीले निवर्तमान केन्द्रीय अध्यक्ष तथा सफल ब्यवसायी कृष्ण प्रसाद दुलाललाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरेको छ। यसैगरि ट्राफिक ब्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएवापत ३ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ। ट्राफिक सहायक निरिक्षक फरसुराम गौतम, ट्राफिक तामलाल भट्टराई, अर्जुन कुमार परियारलाई नगद सहित सम्मान गरिएको हो।

कार्यक्रममा निर्वतमान केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद दुलाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, सशस्त्र प्रहरी बलमा नायव उपरिक्षक सुरज पाण्डे, महासचिव सुरेन्द्र कुमार उप्रेती लगायतले अटो माबाईल्स व्यवसायीले केवल आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको बताए।देशभरमा नाडामा ३ हजार २ सय सदस्य आवद्ध छन।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ११ : ५६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन