१२ बैशाख २०८१, बुधबार | April 24, 2024

जुन सरकार आएपनि यातायात व्यवसायीको समस्यामा सम्बोधन नभएको व्यवसायीको गुनासो



बुटवल । यातायात ब्यवसायीहरुले आफुहरुको समस्या समाधानमा सरोकारवालाहरुको ध्यान नगएको दुखेसो गरेका छन । पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको २१ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेसनको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यवसायीहरु फरकफरक ढंगबाट वकालत गर्दा समस्या समाधान हुन नसकेको भन्दै ब्यवसायिक हितका लागि एकजुट हुनुपर्ने बताए । उनीहरुले नेतृत्वमा पुग्न यातायात व्यवसायीहरुले हानथाप गरेपनि व्यवसायीको मर्कामा साथ दिने बेला मौन बसिदिने गरेको गुनासो गरे ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल यातायात ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ब्यवसायीको हकहितमा धेरै काम अघि बढेको दाबी गरे । समयसापेक्ष ब्यवसायीहरुको समस्याहरु देखापर्ने र यसको समाधानमा नेतृत्व सधै अग्रसर रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा महासंघका पुर्वअध्यक्ष अर्जुन रानाभाटले ब्यवसायीहरुको हकहितमा अग्रसर नभए संघको महत्व घट्ने भन्दै समस्या समाधानमा सबैको भुमिका रहेको बताए । सरकारी भाडा प्राप्ती र ओभरलोडको समस्या समाधान गर्न सामानको विमा अनिवार्य जरुरि रहेको उनले बताए ।

नेपाल यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले स्वरोजगार ब्यवसायीहरुको संख्या बढेको बताए । विदेशी ब्यवसायीहरुको हस्तक्षेपलाई रोक्ने गरि नेतृत्वबाट पहल हुने भन्दै यसमा ब्यवसायीहरुको साथ जरुरी रहेको बताए ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाले नया नेतृत्वसंगै भिसिटिएस, भिएटी, टिडिएसको विषयमा समेत कार्यान्वयन भएको भन्दै यसमा भएका कमिकमजोरी हटाउनेतर्फ पहल भइरहेको जानकारी दिए ।

नारायणी यातायात ब्यवसायी समितिका अध्यक्ष गोकर्ण पराजुलीले दुर्घटना, ओभरलोड, अस्वस्थ प्रतिस्पर्धाका कारण ब्यवसायी धरापमा परेको भन्दै यो समाधानका लागि संगठनात्मक रुपमा योजना बनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष यमप्रसाद पाण्डेले सरकारले तोकेको भाडा समेत लिन नसकेको अवस्था आएको बताए ।

पुर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार रामेश्वर श्रेष्ठ, सल्लाहकार समितिका सदस्य प्रेम श्रेष्ठ, महासचिव जित बहादुर भाटले ब्यवसायीहरु नेतृत्व हत्याउनुका साथै जिम्मेवारीमा समेत अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रमकैबीच संघका सूचिकृत भएका यो वर्ष कालगतिका कारण मृत्यु भएका ९ जना सदस्यका परिवारलाई ब्यवसायिक राहतस्वरुप २ लाख रुपैया बराबरको राहत रकम चेक हस्तान्तरण गरिएको थियो । स्व नर बहादुर बिश्वकर्माको हकवाला राजेश विश्वकर्मालाई, स्व देवप्रसाद बश्यालको हकवाला लक्ष्मि बश्याललाई, स्व सुभाषचन्द्र अग्रवालका हकवाला श्याम अग्रवाल, स्व नारायणप्रसाद श्रेष्ठका हकवाला विष्णु श्रेष्ठ, स्व केदारनाथ खनालका हकवाला मायादेवि खनाल, स्व दिपक रायमाझीका हकवाला सपना रायमाझी, स्व सुन्दर देवका हकवाला श्यामसुन्दर देव, तथा स्व जय कंडेलका हकवाला मिरा घिमिरे कंडेललाई रकम हस्तान्तरण गरिएको थियो ।

संघमा हाल १ हजार १६ ब्यवसायिहरु आवद्घ रहेका छन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ३ : ५० बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको