९ बैशाख २०८३, बुधबार | April 22, 2026

राजनीति गर्ने इच्छा भए ज्ञानेन्द्रले पार्टी खोले हुन्छ, नत्र व्यापार गरेर बस्दा राम्रो : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने इच्छा भए पार्टी खोलेर आउन सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपाली राजनीतिमा राम्रो सङ्केत नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताए ।

‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’ उनले भने । नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे । ‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन्’, नेता नेपालले भने,-‘राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ उनले नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्ने र लोकतन्त्रलाई सुदृढ गर्ने बताए ।

उनले अहिले पनि शोषण, दमन र अत्याचार कायम रहेको उल्लेख गर्दै दलहरुको सहकार्य र सहमतिबाट ती विकृतिहरुलाई हटाउन आवश्यक रहेको बताए । लोकतन्त्रका लागि दलहरुका बीच हातेमालो भएको स्मरण गर्दै सत्ता प्राप्त गर्नु मात्र परिवर्तनको लक्ष्य नभएको स्पष्ट पारे ।उनले सामाजिक रुपान्तरणको लडाँई बाँकी रहेको भन्दै उपलब्धीहरुको रक्षा गर्दै सामाजिक रुपान्तरणमा लाग्न दलहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : २१ बजे

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज