२० बैशाख २०८१, बिहिबार | May 2, 2024

राष्ट्रिय अपाङ्ग महासंघद्धारा क्षमता अभिवृद्धि अभिमुखिरकण



बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा तीन जिल्लाका अपाङ्गता भएका व्याक्तिहरुद्धारा सञ्चालित संघ संस्थाका पदाधिकारीहरुको लागि स्वाथ्य तथा पुर्नस्थापना सम्बन्धी क्षमता अभिवृद्धि अभिमुखिकरण प्रदान गरिएको छ ।

बुटवलमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम दुई दिन सम्म चलेको थियो । विहिबारबाट सुरु भएको कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासीका अपाङ्गता भएका व्याक्तिहरुद्धारा सञ्चालित संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
हेन्डीक्याप ईन्टरनेशनल र युएसएआईडीको सहयोगमा तालिम भएको हो ।

तालिममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालय परियोजना अधिकृत शृजना पन्थी लम्साल र राष्ट्रिय अपाङ्ग महासंघ संघीय महासचिव राजु बस्नेत, प्रदेश सदस्य सावित्रा घिमिरे लगायतले सहकजीकरण गरेका थिए ।

अभिमुखिकरण उद्घाटन कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश उपाध्यक्ष शारदा भट्राई, प्रदेश सदस्य सावित्रा घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ४८ बजे

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक