४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस महामन्त्री कोइरालाको प्रतिवेदनमा ओलीको आलोचना, भन्छन्- सर्वसत्तावाद रोकियो



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् ।

कांग्रेसको जारी १४ औँ महाधिवेसनको बन्दसत्रमा सहमहामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै कोइरालाले ओलीको सर्वसत्तावाद ढालेर कांग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेको उल्लेख गरेका छन् ।

संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा झन्डै दुई तिहाइ मतका साथ देशका तीनवटै सरकारको नेतृत्वमा ओली नेतृत्वको सरकार आए पनि लोकतन्त्र र व्यवस्थाका आधार स्तम्भलाई क्रमशः कमजोर बनाएको प्रतिवेदनमार्फत आरोप लगाइएको छ ।

‘जननिर्वाचित सरकारले नेपालको संविधानलाई नै असफल बनाउने प्रयास निरन्तर गरियो र नाम मात्रको बहुदलीय तर निरंकुश र केन्द्रिकृत कम्युनिष्ट शासन लादने कुत्सित नियतका साथ योजनाबद्ध तरिकाले गरिएको एकपछि अर्को अलोकतान्त्रिक कदमविरुद्ध मुलुकका लोकतान्त्रिक शक्ति सहज र सर्तक रहँदै संघर्षको मैदान परिस्थतिसमेत निमार्ण भयो,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बाध्यात्मक परिस्थीतिका सिर्जना भएपछि मुलुकको एक मात्र लोकतान्त्रिक र ऐतिहासिक पार्टीले मुलुकमा बढ्दै गएको सर्वसत्ताविरुद्ध नेतृत्व लिँदै सबै लोकतान्त्रिक प्रगतिशिल शक्तिबीचमा एकता र सहकार्य गरी केपी शर्मा ओली नेतृत्वको पार्टीले सम्मानित सर्वोच्च अदालतलाई समेत अनेक विवादमा तानेर न्यायालयको गरिमा र जनविश्वाससमेत कार्य गरयो ।’

महामन्त्री कोइरालाले आफ्नै सहकर्मी र सहकर्मी दलप्रति अनुदार व्यवहार गरेको उल्लेख गर्दै परिणाम स्वरुप दुइतिहाइको सरकार ढलेको पनि निस्कर्ष निकालेका छन् । ‘सत्ताका उन्माद र अहँकार तथा सरकारमा सहभागी सहकर्मी दल तथा आफ्नै पार्टीभित्रको आपसी असमझदारीलाई अन्त्य गरी सबै पक्षलाई एकतावद्ध गरी अगाडि बढाउनुको सट्टा फरक विचार राख्ने आफ्नै पार्टीभित्रका सहकर्मी नेता तथा सहकर्मी दललाई किनारा लगाउने र आफ्नो स्वेच्छाचारीतालाई थप सुदृढ बनाउने अहँकारका कारण केपी शर्मा ओली नेतृत्वको केन्द्र र प्रदेशहरुमा सत्तावाट विस्थापित हुनु पर्‍यो,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘फलस्वरुप मुलुकको लोकतान्त्रिक र ऐतिहासिक नेपाली कांग्रेसका कारण शेरबहादुर देउवाको सुझबुझपुर्ण नेतृत्व र अगुवाइमा मुलुकको राजनीतिक संकट र अन्यौलको निकासका लागि लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता र सहकार्य सम्भव भयो ।’

महामन्त्री कोइरालाले संयुक्त प्रतिवेदनमा उल्लेख गरे अनुसार ओली सरकार ढलेपछि कांग्रेसले देउवाको नेतृत्वमा केन्द्रमा, ७ वटा प्रदेशमध्ये लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसमा सरकार बनाउन सफल भएको मात्रै उल्लेख गरेका छैनन, प्रदेश १, २ र लुम्बिनी प्रदेशमामा कांग्रेसको सम्मानजनक सहभागिता गराउन पनि सफल भएको जनाएका छन ।

अब स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन गराउने जिम्मेवारी पनि देउवाको काँधमा रहेको उल्लेख गर्दै कांग्रेस त्यसैमा लाग्नु पर्नेमा जोड गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : २१ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि