७ आश्विन २०८३, बुधबार | September 23, 2026

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिनलाई नेपाली राजनीतिको एक विशेष र निर्णायक दिनका रूपमा चित्रण गरेका छन् । झापा-५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न सोमबार दमक पुगेका अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आशा, विश्वास र भविष्य निर्माणको सन्देश दिएका हुन् ।

मनोनयनको दिनको अवसरमा फेसबुकमार्फत सन्देश जारी गर्दै अध्यक्ष ओलीले विगतमा हराएका र भत्किएका सपना आजैबाट पुनः जगाउन सुरु गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘शुभ बिहानी । हाम्रो लागि आज एक विशेष दिन हो । हराएका र भत्किएका सपनालाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ ।’

अध्यक्ष ओलीले आफूहरू देश र जनताको उज्यालो भविष्यका लागि दृढ विश्वासका साथ अघि बढेको उल्लेख गर्दै निर्वाचनमार्फत जनताले सही निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् । ‘हामीलाई पूरा विश्वास छ- हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ,’ उनले भनेका छन् ।

उनले विगतका निराशा र अवरोधलाई चिर्दै नयाँ पुस्ताको भविष्य उज्यालो बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । ‘जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ,’ ओलीको भनाइ छ ।

सन्देशको अन्त्यमा उनले सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दै भनेका छन्, ‘आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ । हामी नेपाली सबैको जय होस् ।’

अध्यक्ष ओलीको यो सन्देशलाई एमालेले निर्वाचन अभियानको औपचारिक सुरुवात र कार्यकर्तालाई उत्साह जगाउने सन्देशका रूपमा लिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : ०१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज