३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताएका छन ।

पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उनले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताए । उनले भने, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो ।”

अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गरे । “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,” उनले भने ।

अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ३ : ०६ बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट