८ बैशाख २०८१, शनिबार | April 20, 2024

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो । प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन ।

अधिवेशनलाई दिउँसो एक बजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।

सातबटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् ।

माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमााडौंमा राष्ट्रिय सम्मेलन तय भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ५६ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु