११ बैशाख २०८१, मंगलबार | April 23, 2024

देउवाको कार्यकालमा कांग्रेसले चन्दाबाटै कमायो ११ करोड



काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो ६ वर्षमा ११ करोडभन्दा बढी रकम चन्दा संकलन गरेको छ । पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले कांग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग प्राप्त गरेको उल्लेख छ ।

प्रतिवेदनअनुसार २०७२र०७३ मा ३ करोड २७ लाख ८८ हजार ७६०, २०७३र०७४ मा एक करोड ९० लाख २१ हजार ७१९ रुपैयाँ आम्दानी भएको छ । २०७४र०७५ मा २ करोड ९३ लाख ३४ हजार १०४, ०७५र०७६ मा १ करोड ४६ लाख ४० हजार ७०६, ०७६र०७७ मा ६२ लाख २१ हजार ६६१ रकम संकलन भएको छ । २०७७र०७८ मा १ करोड, ३ लाख ४१ हजार ६५८ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ ।

सभापति देउवाको पालमा चन्दासहित दस्तुर तथा नवीकरण, कुपन तथा पब्लिकेसन विक्री र अन्य स्रोतबाट कुल ३१ करोड ९९ लाख ३१ हजार ८५४ रुपैयाँ आन्दानी गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ५८ बजे

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय