७ आश्विन २०८३, बुधबार | September 23, 2026

सम्झौताको आठ महिनापछि ट्रमा सेन्टर निर्माण सुरू, २९ करोड लागतमा साढे दुई वर्षमा सक्ने लक्ष्य



बुटवल । सम्झौता भएको आठ महिनापछि बल्ल दाङमा ट्रमा सेन्टरको निर्माण सुरू भएको छ । दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारले आफ्नै नीति कार्यक्रम र बजेटमा समेत समावेश गर्दै आएको ट्रमा सेन्टर निर्माणले अब भने साकार रूप लिने देखिएको हो । लमही-४ स्थित लमही अस्पतालसँगै सटेको कृषि उपज संकलन तथा बिक्री केन्द्रले प्रयोग गर्दै आएको जग्गामा ट्रमा सेन्टरको निर्माण सुरू भएको हो ।

ट्रमा सेन्टर निर्माणका लागि लामा एण्डे गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि कपनसँग २४ चैत २०७७ मा सम्झौता भएको थियो । सम्झौताअनुसार ट्रमा सेन्टर निर्माणका लागि १९ करोड ४१ लाख ४१४ रुपैयाँमा ट्रमा सेन्टर निर्माण हुनेछ । तर, यसको लागत इस्टिमेट भने २९ करोड २३ लाख ७६ हजार ३७ रुपैयाँ छ ।

ट्रमा सेन्टर निर्माण सुरू भएसँगै लुम्बिनी प्रदेशसभाका सांसदहरूको टोलीले दाङ पुगेर स्थलगत अनुगमनसमेत गरेको छ । प्रदेश सांसद रेवतीरमण शर्माको नेतृत्वमा स्थलगत अनुगमनका लागि टोली शुक्रबार लमही पुगेको थियो । टोलीमा नेताहरू रतनकुमार केसी, ध्रुवनारायण चौधरी, पवन शर्मा रिजाल, जगनारायण चौधरी, निरज थापा लगायत सहभागी थिए ।

स्थलगत अनुगमनपछि सांसद शर्माले समयमै निर्माण सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको बताए । ‘जग्गाको टुंगो लाग्नासाथ काम सुरू गर्नुपर्थ्यो, तर बिलम्व हुन गयो, यद्यपि काम समयमै सम्पन्न हुनेमा हामी आशावादी छौं,’ उनले भने । ट्रमा सेन्टर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी भएकाले निर्माण छिटो सकेर उपचार सेवा सुरू गर्नुपर्ने सांसद शर्माको भनाइ छ ।

यो ट्रमा सेन्टर लुम्बिनी प्रदेशको गौरवको आयोजना हो । यहाँ चारतलाको मुख्य भवन बन्ने छ भने चिकित्सकलाई बस्नको लागि आवास, चमेनागृहसहित शौचालय निर्माण हुने छ । जसमा आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्ष रहने छन् । साढे दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई