१६ बैशाख २०८१, आइतबार | April 29, 2024

प्रकाशमानको क्याम्पमा पुगिन सुजाता, उपसभापतिमा उम्मेदवारी दिँदै



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार विभाजित भएको छ । केहीअघिसम्म सुजाता कोइराला, डा.शशांक कोइराला र डा.शेखर कोइरालाले कांग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए । तर, मनोनयन दर्ता गर्नेबेलासम्म कोइराला परिवार विभाजित बनेको छ ।

कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले प्रकाशमान सिंह क्याम्पमा पुगेकी छिन् । उनले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् ।

केही समयपछि प्रकाशमान सिंह सभापति र सुजाता उपसभापतिको उम्मेदवारी घोषणा हुनेछ । अन्य पदाधिकारीमा भने टुंगो लागिनसकेको प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

संस्थापन र निधि प्यानलले मनोनयन दर्ता गरेपछि मात्र सिंहले अन्य पदाधिकारीको टुंगो लगाउने भएको छ ।

उता, शेखर कोइराला समूहले भने गगन थापा र डा।मिनेन्द्र रिजाललाई महामन्त्रीमा उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : ४४ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क