९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रकाशमानको क्याम्पमा पुगिन सुजाता, उपसभापतिमा उम्मेदवारी दिँदै



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार विभाजित भएको छ । केहीअघिसम्म सुजाता कोइराला, डा.शशांक कोइराला र डा.शेखर कोइरालाले कांग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए । तर, मनोनयन दर्ता गर्नेबेलासम्म कोइराला परिवार विभाजित बनेको छ ।

कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले प्रकाशमान सिंह क्याम्पमा पुगेकी छिन् । उनले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् ।

केही समयपछि प्रकाशमान सिंह सभापति र सुजाता उपसभापतिको उम्मेदवारी घोषणा हुनेछ । अन्य पदाधिकारीमा भने टुंगो लागिनसकेको प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

संस्थापन र निधि प्यानलले मनोनयन दर्ता गरेपछि मात्र सिंहले अन्य पदाधिकारीको टुंगो लगाउने भएको छ ।

उता, शेखर कोइराला समूहले भने गगन थापा र डा।मिनेन्द्र रिजाललाई महामन्त्रीमा उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : ४४ बजे

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्