३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले महाधिवेशनले पार्टीलाई केपी ओलीको प्राइभेट कम्पनी बनायो : माधव नेपाल



बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको देशभरीका भौतिक सम्पत्तीमा आफ्नो हक लाग्ने बताएका छन् । एकीकृत समाजवादीको रुपन्देहीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले एमालेको देशभरीका कुनै पनि स्थानमा पार्टी कार्यालय नबनाएको र कुनैपनि ट्रेडयुनियन नबनाएको दाबी गरे ।

अध्यक्ष नेपालले एमाले निर्माणमा आफ्नो ठुलो योगदान रहेको दाबी गर्दै केपी ओलीले नेतृत्व सम्हाले देखि पार्टीलाई दक्षिणपन्थी बनाएको आरोप लगाए । ‘मार्क्सवादी प्रशिक्षण छैन, समाजवादी बहस छैन, राजावादीहरुसँग साँठगाँठ गरेको छ, रातविरात विदेशी कुटनितिक व्यक्ति संग भेट्या , यसरी कम्युनिष्ट पार्टी बन्छ ?’ अध्यक्ष नेपालले प्रश्न गरे, -‘कम्युनिष्ट पार्टीको महाधिवेशनको निर्णय मान्दिन, संसदलाई मान्दिन भन्ने मान्छे कम्युनिष्ट हुन सक्दैन ।’ उनले नारायणी किनारमा तमासा र कुम्भमेला गरेर निरंकुशता कायम गर्दै एमालेले कम्युनिस्ट विचार परित्याग गरेको र पार्टीलाई केपीको प्राईभेट कम्पनी बनाइएको टिप्पणी गरे ।

उनले एमालेको नामबाट ३ वर्ष सम्म सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा दिने गफ सुनाएर भुलाएको आरोप लगाउँदै सुकुम्बासी र भुमिहिन किसानहरुको समस्या गफ गर्ने विषय नभएको स्पष्ट पारे । उनले केपी ब्युरोक्याट भित्रका नोकरशाीहरू दलालहरूलाई उकास्ने र दलालहरू नोकरशाहीहरूको आडमा जनतामाथि शोषण गर्ने काम भइरहेको चर्चा गर्दै त्यसको अन्त्य गर्नका लागि आफ्नो पार्टी बनेको बताए ।

नेताले नेपालको पछिल्लो राजनीतिमा चुनावदेखि चुनावसम्मको मान्यता स्थापित भएको उल्लेख गर्दै एकीकृत समाजवादीले जनता देखि जनतासम्मको राजनीति स्थापित गर्न खोजेको स्पष्ट पारे । जनता देखि जनता सम्मको नीति लिन सकेमात्र पार्टीले सफलता पाउने नेपालको भनाई छ ।

यथाअवस्थामा चुनाव निकै खर्चिलो भएको बताउँदै भोज खुवाउने र पैसा बाँड्ने प्रबृत्तिलाई नरोके गरिव जनता र नेता चुनावको पहुँचबाट बाहिर रहने अवस्था आएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : ४० बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३